सजलको स्वर तथा रिदमको संगीत रहेको ‘पाए मैले तिमीलाई’ सार्वजनिक [भिडियाे]

डिसी नेपाल
१५ भदौ २०७७ १६:१०

काठमाडौं । गायक सजल न्यौपानेको स्वरमा रहेको ‘पाए मैले तिमीलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

लुलु आर रानाको शब्द रहेको गीतमा संगीत तथा एरेन्ज भने रिदम कंडेलको रहेको छ । गीतकार राना यो गीतमा मायाको परिभाषा फरक तरिकाले दिन खोजेको बताउँछन् ।

बर्षा सिवाकोटी , जीवन भट्टराई र बिकास लामिछानेले अभिनय गरेको गीतलाई अनुप चापागाईले निर्देशन गरेका हुन् । गीतको भिडियोमा वर्षा पाउन जीवन र बिकासको टकराव देखाईको छ ।

सुरुमा झट्ट सुन्दा रोमान्टिक लागे पनि यो स्याड भर्सनको गीत हो निर्दशक चापागाई भन्छन्, ‘त्यहि गीतको थिम अनुसार भिडियो बनाउने कोशिस गरेको छु’ । भिडीयोमा हरि हुमागाईको छायाँकन , बिकास दाहालको सम्पादन ,समरा श्रेष्ठको मेकअप गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.