इजरायल–यूएई ऐतिहासिक उडानका यात्री बनेर ट्रम्पका ज्वाई अबुधावी पुगे
अबुधावी (एजेन्सी)। इजरायल–यूएईबीच ऐतिहासिकरुपमा पहिलो पटक सिधा उडान भएको छ। इजरायलको तेल अविभबाट सोमबार उडेको इजरायली एअरलाइन्स कम्पनी इएल एएलको विमान यूएईको अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रियो।
इजरायलबाट कुनै पनि अरबी मुलुकमा यसरी सिधा उडान भएको यो पहिलो पटक हो। हालै यूएई र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। जुन ऐतिहासिक घटना थियो।
सोमबार एक उच्चस्तरीय अमेरिकी–इजरायली प्रतिनिधिमण्डल बोकेको इजरायली विमान अबुधाबी विमानस्थलमा अवतरण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
सो विमानमा यात्रा गर्ने प्रतिनिधित्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरी ज्वाई जेरार्ड खुसनेरले गरेको जनाइएको छ। उनी अमेरिकी राष्ट्रपतिको सल्लाहाकारसमेत हुन्। उनले इएलएएलको विमानको ककपिटमा शान्तिले यात्रा गरेको प्रतिक्रिया दिएका छन्।
चारैतिर मुस्लिम मुलुकले घेरिएको यहुदी मुलुक इजरायलको स्थापनामा नै अरबी मुलुकले विरोध जनाएका थिए। जसका कारण एक पटक अरब–इजरायल युद्धसमेत भयो। धेरैजसो अरबी मुलुकसँग इजरायलको कूटनीतिक सम्बन्ध छैन।
उसको औपचारिक कूटनीतिक सम्बन्ध भएको मुलुक यूएईमात्र हो। त्यसअघि इजिप्टिसँग पनि उसको सम्बन्ध बनेको थियो। अझ पनि पाकिस्तानलगायतका केही मुस्लिम बहुल मुलुकले इजरायललाई देशको मान्यता नै दिएका छैनन्।
यस्तो अवस्थामा इजरायल–यूएई हवाई उडान शुरु हुनुलाई एक ऐतिहासिक घटना मानिएको छ। उता साऊदी अरबले पनि इजराली विमानलाई आफ्नो एअरस्पेस उपलब्ध गराउने घोषणा गरेको छ।
उता यूएई र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएकोमा केही मुस्लिम तथा अरबी मुलुकले त्यसको विरोध गरेका थिए।







डिसी नेपाल








Facebook Comment