डेढ करोड रुपैयाँको लागूऔषधसहित भारतबाट नेपाल छिर्न लागेका व्यक्ति पक्राउ

डिसी नेपाल
१६ भदौ २०७७ १४:२४
4
Shares

काठमाडौं। नेपाल भारत सीमा क्षेत्रबाट एक व्यक्ति लागूऔषधसहित पक्राउ परेका छन् । उत्तर प्रदेशको महाराजगंज जिल्लामा भारतको सशस्त्र सीमा बलले १०७ ग्राम हिरोइनसहित ती व्यक्तिलाई पक्राउ गरेको एनडीटिभीको समाचारमा जनाइएको छ । अधिकारीहरुका अनुसार ती व्यक्तिबाट बरामद गरिएको हिरोइनको मूल्य अन्तर्राष्ट्रिय बजारमा १ करोड भारतीय रुपैयाँ (१ करोड ६० लाख नेपाली रुपैयाँ) पर्छ ।

पक्राउ परेका व्यक्ति भारतको महाराजगञ्जकै २६ वर्षका मोहम्मद इन्तकाम हुन् । बरिष्ठ पुलिस अधिकारी आशुतोष सिंहका अनुसार पुलिसले गोप्य सूचनाका आधारमा ती व्यक्तिलाई पक्राउ गरेको हो । उनी त्यो लागूऔषध नेपाललाई अर्को पक्षलाई दिनको लागि आउँदै थिए । उनले त्यो लागूऔषध कहाँबाट ल्याएका थिए र कहाँ कसलाई दिन लैजाँदै थिए भन्ने विषयमा थप अनुसन्धान भइरहेको पुलिसले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.