मुम्बईलाई ठूलो झड्का, मलिङ्गा आईपीएल नखेल्ने

डिसी नेपाल
१७ भदौ २०७७ १९:१५

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल)को टिम मुम्बईलाई ठूलो झड्का लागेको छ। टिमका प्रमूख बलर लसिथ मलिङ्गाले यो सिजनको आइपीएल नखेल्ने भएका छन्।

मलिङ्गाले आफ्नो निजी कारणले आइपीएल नखेल्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मुम्बईले उनको ठाउँमा अस्ट्रेलियन फास्ट बलर जेम्स प्यटिन्सनिलाई भित्र्याएको छ।

मलिङ्गा आईपीएलमा सर्वाधिक विकेट लिने खेलाडी हुन्। उनले गत सिजनको फाइनलमा अन्तिम ओभरमा शानदार बलिङ गर्दै चेन्नईविरुद्ध एक रनको जित हात पारेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.