मुम्बईलाई ठूलो झड्का, मलिङ्गा आईपीएल नखेल्ने
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल)को टिम मुम्बईलाई ठूलो झड्का लागेको छ। टिमका प्रमूख बलर लसिथ मलिङ्गाले यो सिजनको आइपीएल नखेल्ने भएका छन्।
मलिङ्गाले आफ्नो निजी कारणले आइपीएल नखेल्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मुम्बईले उनको ठाउँमा अस्ट्रेलियन फास्ट बलर जेम्स प्यटिन्सनिलाई भित्र्याएको छ।
मलिङ्गा आईपीएलमा सर्वाधिक विकेट लिने खेलाडी हुन्। उनले गत सिजनको फाइनलमा अन्तिम ओभरमा शानदार बलिङ गर्दै चेन्नईविरुद्ध एक रनको जित हात पारेका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment