चर्चित रेस्लर तथा हलिउड अभिनेता ‘द रक’ र उनको पूरै परिवार कोरोनाभाइरस संक्रमित
काठमाडौं। चर्चित रेस्लर तथा हलिउड अभिनेता ड्वेन जोन्सन र उनको पूरै परिवार कोरोनाभाइरस संक्रमित भएका छन् । ‘द रक’को नामले चिनिने जोन्सनले इस्टाग्राममा पोस्ट गर्दै यसबारे जानकारी दिएका हुन् ।
यी पूर्व रेस्लर अहिले विश्वकै सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेता हुन् । उनले आफूसहित श्रीमती, दुई छोरीहरु स्वास्थ्यको विषयमा निकै अनुशासित हुँदाहुँदै पनि संक्रमित भएको बताएका छन् ।
४८ वर्षका जोन्सन, उनकी ३५ वर्षकी पत्नी लाउरेन र ४ र २ वर्षका छोरीहरु ज्यासमिन र टियाना करिब अढाइ हप्ताअघि संक्रमित भएका थिए । उनीहरु निकै जनिकका पारिवारिक मित्रबाट संक्रमित भएको उनले बताएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment