प्रधानमन्त्रीको शपथ साइत शुक्रबार १२:३४ मा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहको शपथग्रहणको साइत चैत १३ गते शुक्रबार मध्याह्न १२:३४ मिनेटमा निस्किएको छ।
उक्त समयमा सपथ लिनका लागि बालेन टिमले राष्ट्रपति कार्यालयलाई प्रस्ताव गरेको थियो। राष्ट्रपति कार्यालयले पनि सोही समयका लागि नै सपथको तयारी गरेको बताइएको छ।
१२:३४ मा शपथग्रहण गरेपछि २:१५ मा सिंहदरबार पुगेर बालेनले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ।
शपथग्रहणका क्रममा बटुकले स्वस्ति वाचन गराउने कार्यक्रमसमेत तय भएको बताइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment