कालीगण्डकीको बाढीले स्याङ्जा–गुल्मी जोड्ने पुल बगायो, यातायात ठप्प
स्याङ्जा । विगत चार दिनदेखि जारी अविरल वर्षाका कारण कालीगण्डकी नदीमा आएको भीषण बाढीले स्याङ्जा र गुल्मी जिल्ला जोड्ने बेलिब्रिज बगाएको छ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मिचौर जोड्ने उक्त सडक पुल आज बिहान करिब ६ बजेतिर बाढीले पूर्ण रूपमा बगाएको हो।
कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको ड्याम साइट नजिकै पानीको बहाव अत्यधिक बढेपछि पुल बगेको हो।
दुई जिल्ला जोड्ने यो महत्त्वपूर्ण सडक पुल बगेसँगै मिर्मी–हर्मिचौर खण्डमा आवतजावत तथा सम्पूर्ण सवारी साधन सञ्चालन पूर्ण रूपमा ठप्प भएको छ, जसका कारण स्थानीय बासिन्दा तथा यात्रुहरू गम्भीर समस्यामा परेका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment