बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु

डिसी नेपाल
११ असोज २०८३ १०:३६

बागलुङ। बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ।

निसीखोला गाउँपालिका-३ मा गएको पहिरोमा पुरिएर स्थानीय श्यामकुमारी विक र उनका तीन छोराहरूको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार पहिरोमा पुरिएका श्यामकुमारीका छोराहरू मनोज, मुकेश र निसान विकको शव प्रहरी तथा स्थानीयको सहयोगमा बाहिर निकालिएको छ।

घटनाबारे थप विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *