चोलेन्द्रशमशेर पक्राउप्रति शंकर पोखरेलको आपत्ति: ‘विधिको शासन र लोकतन्त्रमाथिको प्रहार’

डिसी नेपाल
११ असोज २०८३ ११:२५

काठमाडौं। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई गएराति प्रहरीले  निवासबाट पक्राउ गरेको विषयमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले कडा आपत्ति जनाएका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई मध्यराति बिना कुनै प्रमाण पक्राउ गरेको भन्दै महासचिव पोखरेलले यो कदम नेपालको प्रचलित कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन भएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै पोखरेलले यस्तो स्वेच्छाचारी कार्य संविधान, लोकतान्त्रिक व्यवस्था र विधिको शासनको मर्मविपरीत रहेको उल्लेख गरेका छन्। यस्ता गलत कार्यको समर्थन गर्नु तानाशाही प्रवृत्तिलाई प्रश्रय दिनु सरह भएको भन्दै उनले सबैलाई गलत कामविरुद्ध खबरदारी गर्न आग्रहसमेत गरेका छन्।

प्रहरीले पूर्वप्रधानन्यायाधीश जबरालाई कुन कसुरमा पक्राउ गरिएको हो भन्नेबारे हालसम्म कुनै विस्तृत विवरण सार्वजनिक गरेको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *