निसीखोलामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु

डिसी नेपाल
११ असोज २०८३ १२:०५

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकामा गएराति खसेको पहिरोमा पुरिएर एकै परिवारका चार जनाको दर्दनाक मृत्यु भएको छ।

गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरका अनुसार निसीखोला गाउँपालिका–३ स्थित एक घरमाथि आज (आइतबार) बिहान करिब ४ देखि ५ बजेको समयमा अकस्मात खसेको पहिरोले घर पुरिँदा उक्त tragic घटना भएको हो।

मृत्यु हुनेहरूमा ३९ वर्षीया श्यामकुमारी विक तथा उनका तीन छोराहरू १२ वर्षीय मनोज विक, ९ वर्षीय मुकेश विक र ५ वर्षीय निसन विक रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

यसै गरी सोही वडाको एङवेङमा स्थानीय जंगबहादुर खड्काको बाख्राको खोर पहिरोमा परेको छ। खोरमा रहेका २५ वटा बाख्रामध्ये ८ वटा बाख्रा पहिरोले बगाएर नष्ट भएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *