मनाङको ताल गाउँ डुबानमा: विद्युत् र सञ्चार अवरुद्ध हुँदा माथिल्लो क्षेत्रसँग सम्पर्क विच्छेद
नारायणी नदीमा आएको बाढीका कारण नवलपरासी-बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट-२ स्थित बोटेटोलमा डुबेको बस्ती। नारायणी नदीको बाढी पस्दा यहाँका ११० घर डुबानमा परेका छन्। तस्बिरः टेकराज पोखरेल-रासस
काठमाडौं। मस्र्याङ्दी नदीको बहाव बस्तीतर्फ सोझिएपछि मनाङको नासोँ गाउँपालिका–१ स्थित ताल गाउँ डुबानमा परेको छ। विद्युत् तथा इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएकाले ताल गाउँभन्दा माथिल्लो क्षेत्रसँगको सम्पर्क टुटेको छ।
नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङका अनुसार मस्र्याङ्दी नदीमा पानीको सतह अस्वाभाविक रूपमा बढेपछि पुल आसपासको क्षेत्रमा निकास रोकिएको थियो। सोही कारण नदीको बहाव फर्किएर गाउँमा पस्न पुगेको हो।
प्राप्त प्रारम्भिक जानकारीअनुसार ताल गाउँका ४ देखि ५ घरधुरी डुबानबाट प्रभावित भएका छन्। सञ्चार र विद्युत् सेवा थप्प भएकाले ताल गाउँभन्दा माथिल्ला बस्तीहरूको अवस्थाबारे यकिन जानकारी पाउन कठिन भइरहेको अध्यक्ष गुरुङले बताए। स्थानीयसँग सम्पर्क स्थापित हुन नसकेकाले भौतिक तथा अन्य क्षतिको पूर्ण विवरण आउन बाँकी छ।
नासोँ गाउँपालिका लमजुङसँग जोडिएको मनाङको दक्षिणी प्रवेशद्वार हो। हालसम्मको विवरण ताल गाउँसम्म मात्रै सीमित रहेकाले माथिल्लो क्षेत्रको वस्तुस्थिति बुझ्ने प्रयास जारी रहेको गाउँपालिकाले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment