बाढीपहिरो र वर्षाले नेपाल टेलिकमको सेवा प्रभावित

डिसी नेपाल
११ असोज २०८३ १०:२१

काठमाडौं।  असोज ८ गतेदेखि परेको निरन्तर हावाहुरी, भारी वर्षा र देशका विभिन्न स्थानमा गएको बाढी-पहिरोका कारण सञ्चार सेवाहरू प्रभावित भएका छन्। नेपाल टेलिकमले  प्रतिकूल मौसम र प्राकृतिक विपत्तिका कारण कम्पनीका कतिपय स्थानका सेवाहरू अवरुद्ध हुन पुगेको जनाएको छ।

भारी वर्षा र पहिरोले गर्दा यातायातमा पुगेको अवरोध, अप्टिकल फाइबरमा भएको क्षति, विद्युत् आपूर्तिमा आएको व्यवधानका साथै हिमाली क्षेत्रमा परेको हिमपात र बादलका कारण सोलार साइटहरूले राम्रोसँग काम नगर्दा सेवा निरन्तरतामा कठिनाइ आएको कम्पनीले स्पष्ट पारेको छ।

प्राविधिक रूपमा सिस्टमबाटै सम्भव हुने मर्मतका कार्यहरू र पुग्न सकिने स्थानहरूमा तत्काल सेवा सुचारु गर्ने काम निरन्तर भइरहेको छ। मौसममा सुधार आउनासाथ प्रभावित कार्यस्थलमा खटिएर मर्मत कार्य सम्पन्न गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा राखिएको कम्पनीले जानकारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *