नारायणी नदीमा जलसतह बढ्दा बर्दघाट–सुस्तापूर्वका बस्ती डुबानमा

डिसी नेपाल
११ असोज २०८३ ८:५७

नवलपुर। नारायणी नदीमा जलसतह बढेसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का विभिन्न बस्ती डुबानमा परेका छन् ।

गैँडाकोट नगरपालिका–२ स्थित बोटेटोल तथा कावासोती नगरपालिकाको अमलटारी क्षेत्र पनि डुबानमा परेको छ । नारायणी नदीको जलसतह बढ्दै गएपछि नदी आसपासका बस्तीमा पानी पसेको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी निरीक्षक अनिल पण्डितका अनुसार बोटेटोल डुबानमा परेपछि त्यहाँका स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

नदीमा पानीको बहाव निरन्तर बढिरहेकाले नदी आसपासका अन्य बस्तीमा समेत जोखिम बढेको प्रहरीले जनाएको छ । प्रहरीले स्थानीयवासीलाई सतर्क रहन तथा जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरेको छ ।

बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकाय परिचालन गरी अवस्था निगरानी भइरहेको प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *