सुनचाँदीको मूल्यमा वृद्धि: सुन तोलामा ७०० र चाँदी ३५ रुपैयाँले बढ्यो

डिसी नेपाल
११ असोज २०८३ १०:५५

काठमाडौं। नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ।

मूल्य वृद्धिसँगै आइतबार छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आइतबार चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेर ४ हजार ६५५ रुपैयाँ पुगेको छ। शुक्रबार भने चाँदीको मूल्य ३० रुपैयाँले घटेर प्रतितोला ४ हजार ६२० रुपैयाँमा सीमित भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *