भारतले कोरोनाभाइरसका सबै रेकर्ड तोड्यो, २४ घण्टामा सर्वाधिक संक्रमणको नयाँ रेकर्ड !

डिसी नेपाल
१८ भदौ २०७७ १३:२८

नयाँ दिल्ली। भारतमा बिहीबार बिहान जारी कोरोनाभाइरसको तथ्यांकले अहिलेसम्मका सबै रेकर्ड ध्वस्त पारेको छ । विगत २४ घण्टामा कोरोनाभाइरसका रेकर्ड ८३ हजार ८८३ नयाँ केस दर्ता गरिएका छन् । यो एक दिनको हिसाबले अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो । यसका साथै भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ३८ लाख ५३ हजार ४ सयभन्दा बढी भएको छ । यीमध्ये करिब ८ लाख १५ हजार एक्टिभ केस छन् ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा संक्रमितको संख्या ८ लाख ८० हजारभन्दा बढी भइसकेको छ । आन्ध्र प्रदेशमा ४ लाख ४५ हजार केस पुगेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ११ लाख ७० हजारभन्दा धेरै टेस्ट गरिएका छन् । विश्वमा सबैभन्दा धेरै संक्रमित अमेरिकामा पाइएका छन् । त्यहाँ ६२ लाख ९० हजारभन्दा बढी संक्रमित पाइएका छन् । ब्राजिलमा संक्रमितको संख्याले ४० लाख नाघेको छ । भारत तेस्रो स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.