अत्यन्तै गरिब गाउँमा जब लाखौं मूल्यका सयौं पत्थरहरुको वर्षा भयो…
काठमाडौं। अन्तरिक्षबाट खसेका ढुंगाका सयौं टुक्रा बेचेर एउटा निकै गरिब गाउँका गाउँलेहरु लखपति भएका छन् । ब्राजिलको यो गाउँमा उल्कापिंडका सयौं टुक्रा खसेका थिए । यी हरेक टुक्राहरुकोम मूल्य लाखौं रुपैयाँ बताइएको छ । सबैभन्दा ठूलो टुक्राको मूल्य २६ हजार डलर अर्थात ३० लाख ५० हजार नेपाली रुपैयाँ आंकलन गरिएको छ । ब्राजिलको सेन्टा फिलोमेना गाउँमा १९ अगष्टमा उल्कापिण्डका टुक्राहरुको वर्षा भएको थियो ।

डेलीमेलको रिपोर्टअनुसार यहाँका गाउँलेहरुले उल्कापिण्डको यो वर्षालाई पैसाको वर्षा भनेका छन् । यहाँका गाउँलेहरुले यी ढुंगाका टुक्राहरु जम्मा गरेर राखेका थिए । अहिले वैज्ञानिकहरुले जाँच गर्दा यी पत्थरहरु निकै दुर्लभ भएका खुलासा भएको छ । वैज्ञानिकहरुले यहाँका गाउँलेहरुसँग जाँचका लागि पत्थर माग्दा गाउँलेहरुले यसको मूल्य मागेका छन् । यहाँका धेरै गाउँलेहरुले यी पत्थर बेचेर लाखौं कमाइसकेका पनि छन् । यी पत्थरहरुमध्ये सबैभन्दा ठूलो टुक्रा ४० किलोको छ जसको मूल्य २६ हजार डलर आंकलन गरिएको छ ।

रिपोर्टअनुसार सेन्टा फिलोमेनामा साना ठूला गरेर २ सयभन्दा बढी टुक्राहरु खसेका थिए । यी टुक्राहरु त्यो उल्कापिण्डका हुन् जो सौर्यमण्डल बन्ने बेलाको हो अर्थात यो उल्कापिण्ड ४ अर्ब ६० करोड वर्ष पुरानो हो । यी टुक्राहरुबाट ब्रह्माण्डका कैयौं रहस्यहरुबारे जानकारी पाउन सकिन्छ । वैज्ञानिकहरुका अनुसार यसरी अनतरिक्षबाट खस्ने उल्कापिण्डमध्ये १ प्रतिशत मात्रै बहुमूल्य हुन्छन् । ब्राजिलको यो गाउँका मानिसहरु निकै गरिब छन् । तर, जसले पनि यी ढुंगाहरु पाए उनीहरु रातारात धनी भइसकेका छन् ।

२० वर्षीय छात्र एडिमार डा कोस्टा रोड्रिक्सका अनुसार त्यो दिन पूरै आकाश धुवाँले भरिएको थियो । उनले भने ‘त्यसपछि मलाई म्यासेज आयो कि आकाशबाट जलिरहेका पत्थर खसिरहेका छन् ।’ साओ पाउलो युनिभर्सिटीमा केमिस्ट्री इन्स्टिच्युटका गेब्रियल सिल्भाले बताएअनुसार सम्भवतः यी उल्कापिंड ती सुरुवाती खनिजमध्ये एक हो जुन खनिजबाट यो सौर्यमण्डल बनेको छ ।
यहाँका मानिसहरुले आकाशबाट केही बहुमूल्य चीज खसेको थाहा पाएपछि उनीहरुले यसलाई एक किसिमले आकाशबाट पैसा खसेको बताएका छन् । एडिमार डा कोस्टा रोड्रिग्सले पनि ७ सेन्टिमिटरको एउटा पत्थर भेट्टाएका छन् । यसको तौल १६४ ग्राम थियो । यसलाई बेचेर उनले १ हजार पाउण्ड (१ लाख ५६ हजार रुपैयाँ) कमाए । एक गाउँलेले २.८ किलोको पत्थर बेचेर १५ हजार पाउण्ड (२३ लाख रुपैयाँ) कमाए । रोड्रिग्सका अनुसार यो गाउँका ९० प्रतिशत गाउँले खेती गर्छन् । यहाँका जनता निकै गरिब छन् । उनीहरुलाई राहत दिनको लागि यो उल्कापिंडको वर्षा भएको हो ।







डिसी नेपाल








Facebook Comment