भारतीय सेनाका चीफ अफ डिफेन्स स्टाफ राउतले फेरि भनेः चीनको आक्रमण रोक्न भारतीय सेना सक्षम छ
नयाँ दिल्ली (एजेन्सी)। भारत र चीनबीच सीमा क्षेत्रमा तनाव बढिरहेका बेला भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन राउतले भारतीय सेना चीनको कुनै पनि आक्रामक रवैयाको जवाफ दिन सक्षम रहेको बताएका छन्।
उनले बिहीबार भारत–अमेरिका रणनीतिक मञ्चलाई सम्बोधन गर्दै यस्तो धारणा राखेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। यसअघि पनि जनरल राउतले भारतीय सेना चीनमाथि आक्रमण गर्न सक्षम रहेको बयान दिएका थिए।
जनरल राउतले चीनका विषयमा भारतले लिएको नीतिको क्षेत्रीय तथा छिमेकीले समर्थन गर्नुपर्ने अन्यथा यो क्षेत्रमा चीनको प्रभाव स्वीकार गर्नुपर्नेसमेत बताएका छन्। उनले पाकिस्तानलाई पनि चीनसँगको विवादको फाइदा नउठाउन चेतावनी दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। पाकिस्तान भारतको चिरप्रतिद्वन्द्वी हो भने चीनको अभिन्न मित्र हो।
भारत र चीनबीच गएको मेदेखि नै सीमा क्षेत्रमा तनाव भइरहेको छ। गएको जुनमा भएको हिंस्रक झडपमा २० जना भारतीय सैनिक मारिएका थिए। त्यसपछि बढेको तनाव विस्तारै कम हुँदै गएको बेला फेरि अगस्ट २९–३० मा फेरि भारतीय र चिनियाँ सेनाबीच झडप भएको छ। मिडिया रिपोर्टका अनुसार सो झडपमा एकजना भारतीय गुप्तचर मारिएका छन्। तर यसको औपचारिक पुष्टि भने हुन सकेको छैन।







डिसी नेपाल








Facebook Comment