आदि पुरुषमा सैफ अलीको आगमन
मुम्बई। बलिउड ‘आदि पुरुष’मा अभिनेता सैफ अली खानको अभिनय रहने भएको छ। ओम रावतको निर्देशन रहने यस चलचित्रमा सैफ खलपात्रको भूमिकामा देखिने बताइएको छ।
चलचित्रको मुख्य भूमिकामा अभिनेता प्रभास रहने भएका छन्। बताइएअनुसार चलचित्रमा सैफलाई सात हजार वर्षअघिका विश्वकै सबैभन्दा बौद्धिक राक्षस लंकेशको भूमिकामा देख्न पाइनेछ । चलचित्रबारे सार्वजनिक विज्ञप्तिमा सैफले लेखेका लेख्नुभएको छ, ‘ओमी दादासँग पुन काम गर्न पाउँदा म खुशी छु। यसलाई राम्रो बनाउन उहासँग विशाल दुष्टिकोण र प्राविधिक ज्ञान छ ।
‘तान्हाजीः द अनसब वारियर’मा सफल सहकार्य पश्चात निर्देशक रावत र सैफको यो दोस्रो सहकार्य हुनेछ। तान्हाजीमा उनले उत्कृष्ट सटहरूले हाम्रो सिनेमालाई एक छुटै स्थानमा पु¥याउनु भएको छ । म यो प्रोजेक्टमा उनीसँग जोडिन पाउँदा खुशी छु।’ चलचित्रमा शक्तिशाली प्रभासको तरवार खोसेर एक उत्कृष्ट राक्षसको भूमिका निभाउन उत्साहित रहेको सैफले विज्ञप्तिमा उल्लेख गरेका छन।







डिसी नेपाल








Facebook Comment