बालुवाटारमा रवि लामिछाने र प्रधानमन्त्रीबीच छलफल जारी
काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीसँग भेटवार्ता गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने बालुवाटार पुगेका छन्।
लामिछाने रास्वपा नेताहरू सोबिता गौतम, शिशिर खनाल, कविन्द्र बुर्लाकोटी, विपिन आचार्यसहितका नेताहरू लिएर बालुवाटार पुगेका हुन्। यस भेटमा समसामयिक राजनीतिक विषय र निर्वाचन केन्द्रित छलफल हुने बताइएको छ।
शुक्रबार धरौटीमा रिहा भएका लामिछानेले पार्टीको जिम्मेवारीमा फर्किएर सक्रियता बढाएका छन्। उनले आजै रास्वपाको केन्द्रीय कार्यालय पुगेर केन्द्रीय समितिको बैठक समेत गरेका थिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment