झापा आन्दोलनका अगुवा नेता घनेन्द्र बस्नेतको निधन

डिसी नेपाल
१४ असोज २०८३ २१:४५

विराटनगर। नेपालको कम्युनिस्ट आन्दोलनका अग्रणी योद्धा तथा पूर्वसांसद घनेन्द्र बस्नेतको उपचारका क्रममा निधन भएको छ। लामो समयदेखि क्यान्सर रोगबाट पीडित ७४ वर्षीय बस्नेतको भक्तपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधबार साँझ निधन भएको हो।

वि.सं. २००९ साल असोज २५ गते भोजपुरको कुलुङमा जन्मिएका बस्नेत झापा आन्दोलनका प्रमुख अगुवा नेताहरूमध्ये एक थिए। पञ्चायती निरङ्कुशताविरुद्धको राजनीतिक सङ्घर्षका क्रममा उनले करिब १७ वर्ष कठोर जेलजीवन बिताएका थिए।

जीवनभर सादा जीवन र निष्ठाको राजनीति अँगालेका बस्नेतले अनेकौँ प्रतिकूलताका बीच पनि नेपाली कम्युनिस्ट आन्दोलन र सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्।

तत्कालीन नेकपा (एमाले) बाट सांसदसमेत बनेका उनी पछिल्लो समयसम्म पनि वामपन्थी आन्दोलनमा सक्रिय रहँदै आएका थिए। त्याग, सङ्घर्ष र इमानको राजनीति गर्ने निष्ठावान् अभिभावक गुमाएको भन्दै विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *