वनमन्त्री चौधरी समक्ष नयाँ जलवायु नीतिका लागि सुझाव प्रस्तुत
काठमाडौं। कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसमक्ष विभिन्न नागरिक समाजका प्रतिनिधि, अक्सफाम, गैरसरकारी सस्था महासङ्घ नेपाललगायत ४० भन्दा बढी संघ–संस्थाहरूबाट जलवायु नीति २०८३ का सम्बन्धमा प्राप्त सुझाव तथा सल्लाह प्रस्तुत गरिएको छ।
मन्त्रालयमा आज प्राप्त सुझावहरूलाई ग्रहण गर्दै मन्त्री चौधरीले सरोकारवालाबाट प्राप्त सुझावहरूको गहन अध्ययन तथा आवश्यक छलफलपछि मात्र नीतिलाई अगाडि बढाइने बताए।
जलवायु नीति निर्माणमा युवा सहभागिता, समावेशिता र विविध क्षेत्रको अर्थपूर्ण सहभागितालाई प्राथमिकता दिँदै युवाको महत्वपूर्ण भूमिका सुनिश्चित गरिने उनले उल्लेख गरे।
साथै, जलवायु परिवर्तनबाट प्रभावित राष्ट्रका रूपमा नेपालले आफ्ना अनुभव, ज्ञान र प्राथमिकताहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्दै जलवायु परिवर्तनका मुद्दामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा मन्त्री चौधरीको जोड थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment