भारत–चीन सीमा क्षेत्र गलवानमा गोर्खाली तैनाथ भएसँगै पुगेका भारतीय सेना प्रमुखले के भने ?

डिसी नेपाल
१९ भदौ २०७७ १२:२१
12
Shares

काठमाडौं। भारत–चीनबीच सीमा क्षेत्रमा तनाव बढेसँगै भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे सीमा क्षेत्र लेह–लद्दाख पुगेका छन् । भारतले यस क्षेत्रमा पछिल्लो पटक ठूलो संख्यामा गोर्खाली फौज तैनाथ गरेको छ । समिामा गोर्खानी तैनाथ भएसँगै पुगेका नरवणेले वास्तविक नियन्त्रण रेखा (एलएसी)मा तनाव कायमै रहेको बताएका छन् । उनले भने ‘वस्तुस्थिति निकै नाजुक र गम्भीर छ तर जवानहरुको मनोबल निकै उच्च छ र उनीहरु हर परिस्थितिसँग जुध्नको लागि तयार छन् ।

नरवणेले अगाडि भने ‘मैले लेह पुगेपछि विभिन्न स्थानको निरीक्षण गरें । मैले अधिकारीहरु, जेसीओसँग कुरा गरें र तयारीको निरीक्षण गरें । जवानहरुको मनोबल उच्च छ र उनीहरु हरेक चुनौतीसँग जुध्न तयार छन् ।’ एलएसीमा स्थिति तनावपूर्ण रहेको बताउँदै नरवणेले स्थितिलाई ध्यानमा राख्दै रक्षा र सुरक्षाको लागि आवश्यक कदम पठाएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.