दिलिप कुमारलाई आफ्ना दुवै भाइहरुको मृत्युबारे थाहै छैन, १३ दिनमा दुवै कोरोनाले मरिसके
मुम्बइ। बलिउड सुपरस्टार दिलिप कुमारका २ भाइहरु १३ दिनभित्र कोरोनाका कारण मरे । तर, अहिलेसम्म दिलिप कुमारलाई आफ्ना दुवै भाइहरुको मृत्यु भएको थाहै छैन । ९७ वर्षका दिलिप कुमारलाई यस्ता खबर दिएर उनलाई झनै गम्भीर अवस्थामा पुर्याउन नहुने ठहर गर्दै आफन्तले उनलाई यी खबर नदिएका हुन् ।
दिलिपकी पत्नी सायरा बानोले यो कुरा बताएकी हुन् । सायराका अनुसार अमिताभ बच्चन कोरोना संक्रमित भएर अस्पतालमा भर्ना हुँदा पनि दिलिपलाई यो खबर दिइएको थिएन किनकि दिलिपले अमिताभलाई निकै माया गर्छन् ।
दिलिपका भाइ एहसान खानको अन्तिम संस्कार उनका छोराहरु इमरान र अयुबले गरे । सायराका अनुसार परिवारलाई एहसान ठिक हुन्छन् भन्ने लागेको थियो तर उनको निधनको एक दिन पहिले मात्रै उनको स्वास्थ्य धेरै बिग्रियो । २१ अगष्टमा असलम खानको पनि मृत्यु भयो । उनी ८८ वर्षका थिए । दुवै भाइलाई सास फेर्न समस्या भएको थियो ।







डिसी नेपाल








Facebook Comment