भारत–चीन विवादका विषयमा अमेरिकी राष्ट्रपतिको टिप्पणी – ‘स्थिति गम्भीर’

डिसी नेपाल
२० भदौ २०७७ ८:५३

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनबीतको अहिलेको स्थितिलाई ‘गम्भीर’ भएको टिप्पणी गरेका छन् । ट्रम्पले अहिलेको परिस्थिति प्रतिकूल भएकोले आफू भारत र चीनलाई सहयोग गर्न तयार रहेको बताएका छन् । भारत र चीनको विवादको विषयमा दुवै देशहरुसँग अमेरिकाले छलफल गरिरहेको बताँदै ट्रम्पले यस विषयमा अमेरिकाले केही गर्न सके वा दुवैको मद्दत गर्ने समे आफूलाई खुसी हुने बताएका छन् ।

ट्रम्पले चीनको आलोचना गर्दै अहिलेको समयमा चीनको चर्चा रुसको भन्दा बढी गरिनुपर्ने बताएका छन् । चीनले गरिरहेको काम निकै खराब भएको आरोप लगाउँदै ट्रम्पले भने ‘पूरै विश्वले बुझ्नुपर्छ कि चीनले कोरोनाभाइरसको विषयमा के गर्यो ।’ ट्रम्पले एकपटक फेरि कोरोनाभाइरसलाई चाइना भाइरस भने । ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंशा गर्दै भारतीय मूलका मतदातालाई आकर्षित गर्ने प्रयास पनि गरे । उनले भारतीयहरुले आफूलाई भोट दिने आशा पनि व्यक्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.