अमेरिकी राष्ट्रपति ट्रम्पलाई ठूलो झट्का, गम्भीर नैतिक संकटमा फसे, पद गुमाउने खतरा !

डिसी नेपाल
२० भदौ २०७७ १४:१५

काठमाडौं। अमेरिकी राष्ट्रपति पदको लागि निर्वाचन आउन २ महिना बाँकी रहँदा अहिलेका बहालवारा राष्ट्रपति डोनाल्ड टम्पलाई ठूलो झट्का लागेको छ । उनी गम्भीर नैतिक संकटमा फसेका छन् । अमेरिकी म्यागजिन द अटलान्टिकको एक रिपोर्टअनुसार ट्रम्पले युद्धमा मारिएका अमेरिकी सैनिकलाई ‘लूजर्स’ अर्थात ‘हरुवाहरु’ भनेका थिए । ट्रम्पको यो टिप्पणी सार्वजनिक भएसँगै अब उनको राष्ट्रपति पद नै संकटमा पर्ने खतरा बढेको छ ।

ट्रम्प अबको निर्वाचनमा पुनः राष्ट्रपति बन्नको लागि उम्मेदवार भएका छन् । तर, उनको यही टिप्पणीका कारण अमेरिकामा उनको छवि निकै खराब हुने निश्चित छ । यसले ट्रम्पलाई निर्वाचनमा पराजित गराएर राष्ट्रपति पदबाटै विस्थापित समेत गराउन सक्ने खतरा रहन्छ । हुन त ट्रम्पले आफूलाई सशस्त्र बलको च्याम्पियन दावी गर्ने गरेका छन् र सेनालाई झनै बलियो बनाउने प्रतिबद्धता पनि जनाएका छन् । तर, शहादत पाएका सैनिकको लागि ‘हरुवा’ शब्द प्रयोग गरेको भन्दै ट्रम्प अहिले चौतर्फी घेराबन्दीमा परेका छन् ।

अटलान्टक म्यागजिनका अनुसार ट्रम्प २०१८ मा फ्रान्स गएका थिए । यस क्रममा उनले पहिलो विश्वयुद्धमा मारिएका अमेरिकी सैनिकहरुको स्मारकमा जान अस्वीकार गरे । त्यतिबेला वर्षा पनि भइरहेको थियो । म्यागजिनका अनुसार त्यतिबेला ट्रम्पले एक अधिकारीसँग भनेका थिए ‘म त्यो स्मारकमा किन जानु पर्छ ? त्यहाँ त लुजर्स (हरुवाहरु) छन् ।’ ट्रम्पले यसो भन्दा त्यहाँ केवल ४ जना थिए । रिपोर्टमा उनीहरुको नाम बताइएको छैन ।

ट्रम्पको यो टिप्पणीबारे रिपोर्ट सार्वजनिक भएसँगै निर्वाचनमा ट्रम्पका प्रतिस्पर्धी डेमोक्रेटिक उम्मेदवार जो बिडेनले ट्रम्पको कडा आलोचना गरेका छन् । बिडेनले भने ‘मेरो छोरा बियु बिडेन इराकमा तैनाथ थिए । उनी त हारेका थिएनन् । २०१५ मा उनको मृत्यु ब्रेन क्यान्सरका कारण भएको थियो । तपाइँ कस्तो महसुस गर्नुहुन्छ यदि तपाइँको छोरा यतिबेला अफगानिस्तानमा भएको भए । यदि तपाईले छोरा, छोरी, पत्नी वा पति गुमाउनुभयो भने कस्तो लाग्छ ?’ बिडेनले ट्रम्पको बयानलाई अपमानजनक, गैर अमेरिकी र घटिया बताउँदै भने ‘म करिअरमा यति निराश कहिल्यै भएको थिइन ।’

अर्कोतर्फ राष्ट्रपति ट्रम्पले ‘ड्यामेज कन्ट्रोल’को कोसिस गरिरहेका छन् । ट्रम्पका अनुसार उनले सैनिकहरुलाई कहिल्यै लुजर भनेका छैनन् । उनले भने ‘यो फर्जी कहानी हो । मानिसहरु यस्तो आरोप कसरी लगाउन सक्छन् ? मेरो लागि सैनिक वास्तविक हिरो हुन् ।’ यद्यपि यस क्रममा राष्ट्रपति ट्रम्प पूर्व सैनिक अधिकारी जोन एफ क्यालीप्रति भने आक्रामक रुपमा प्रस्तुत भए । क्याली ह्जाइट हाउसमा चिफ अफ स्टाफ थिए । क्यालीका विषयमा ट्रम्पले भने ‘उनी सक्षम थिएनन् । राम्रो काम पनि गरेनन् त्यसैले मैले उनलाई निकालिदिएँ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.