गर्मी भएकोले हावा खान भन्दै महिला यात्रु हवाइजहाजको पंखामा गएपछि…
काठमाडौं। विमानभित्र बसिरहँदा गर्मी भएको भन्दै एक महिला यात्रु विमानको इमरजेन्सी ढोका खोलेर पंखामा चढेकी छिन् । टर्कीमा विदा मनाएर फर्किएकी ती महिलालाई विमानबाट बाहिर निस्किन यति हतार भएको थियो कि मुख्य ढोकाबाट निस्किन नपाएपछि उनी इमरजेन्सी ढोका खोजेर बाहिर निस्किएकी हुन् । टर्कीको अन्ताल्याबाट युक्रेनको किभ गएकी ती महिला किभमा विमान अवतरण गरेसँगै भित्र धेरै गर्मी भएको भन्दै बाहिर निस्किएकी हुन् ।
Woman walks out onto wing of Ukraine International Airlines 737 at Kyiv Boryspil Airport after complaining she was too hot. ?♂️ https://t.co/RtoDiMYHLH pic.twitter.com/agpc4Vfakn
— Breaking Aviation News & Videos (@breakingavnews) September 2, 2020
डेलीमेलको रिपोर्टअनुसार उनले बोइङ ७३७–८६ एन विमानको इमरजेन्सी ढोका खोलेर पंखामा गएकी थिइन् । यो घटनाको भिडियो पनि सार्वजनिक भएको छ जसमा उनी पंखामा घुमिरहेकी देखिएकी छिन् । यो घटनापछि युक्रेन इन्टरनेशनल एयरलाइन्सले उनलाई आफ्नो उडानमा यात्रा गर्न प्रतिबन्ध लगाएको छ । विदा मनाएर आएका अर्का यात्रुले भने ‘विमान अवतरण भयो र सबै यात्रु उठे । उनी हिँड्दै इमरजेन्सी एक्जिटमा गएन्, ढोका खोलिन् र बाहिर निस्किइन् ।’







डिसी नेपाल








Facebook Comment