कंगनालाई ज्यानको खतरा !
मुम्बइ। भारतको महाराष्ट्रको सत्ताधारी दल शिवसेनाका नेताहरु र बलिउड अभिनेत्री कंगना रनोटबीच भइरहेको विवादका कारण कंगनामाथि ज्यानको खतरा रहेको भारतको केन्द्रीय गृह मन्त्रालयले ठहर गरेको छ । कंगना ९ सेप्टेम्बरमा मुम्बइ जाँदैछिन् । शिवसेना कार्यकताृहरुको प्रदर्शनपछि त्यहाँ उनीमाथि सम्भावित खतरालाई मध्यनजर गर्दै भारतको केन्द्र सरकारले उनलाई ‘वाइ’ तहको सुरक्षा उपलब्ध गराएको छ ।
अब कंगना मुम्बइ विमानस्थलमा उत्रिँदा उनको साथमा ११ जना सुरक्षाकर्मी हुनेछन् । गृह मन्त्रालयले दिने वाइ तहको सुरक्षामा ११ जना सुरक्षाकर्मी हुन्छन् जसमध्ये १ वा २ कमाण्डो र २ पिएसओ (पर्सनल सेक्युरिटी अफिसर) हुन्छन् । अन्य पुलिसकर्मी हुन्छन् । भारतमा सुरक्षा संवेदनशीलताको हिसाबले दिइने सुरक्षाको वर्ग एक्स, वाइ, जेड र जेड प्लस गरी वर्गीकरण गरिएको छ ।
एक्स वर्गमा २ पुलिसकर्मी हुन्छन् । वाइ तहमा कमाण्डोसमेत ११ जवान हुन्छन् । जेड तहमा २२ जवान हुन्छन् जसमा एनएसजी कमाण्डो पनि हुन्छन् । जेड प्लस सुरक्षामा एनएसजी कमाण्डोसमेत ३६ जना सुरक्षाकर्मी हुन्छन् । यी सबैभन्दा माथि पनि एउटा सुरक्षा व्यवस्था छ जसलाई एसपीजी तहको सुरक्षा भनिन्छ । यो सुरक्षा भने प्रधानमन्त्रीलाई मात्र दिइन्छ ।







डिसी नेपाल








Facebook Comment