कंगनालाई वाई प्लस सुरक्षा दिएकोमा महाराष्ट्र सरकार हैरान

डिसी नेपाल
२२ भदौ २०७७ १८:०१

मुम्बई। बलिउड अभिनेत्री कंगना रनोटलाई भारतको केन्द्र सरकारले वाई प्लस सुरक्षा दिएकोमा महाराष्ट्र सरकारका गृहमन्त्रीले हैरानी प्रकट गरेका छन्। महाराष्ट्रका गृहमन्त्री अनील देशमुखले रनोटलाई सुरक्षा दिइएकोमा हैरानी प्रकट गरेका हुन्। उनले महाराष्ट्रको अपमान गर्नेलाई केन्द्र सरकारले वाई प्लस सुरक्षा दिएको भन्दै हैरानी प्रकट गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

भारतको महाराष्ट्रको सत्ताधारी दल शिवसेनाका नेताहरु र बलिउड अभिनेत्री कंगना रनोटबीच भइरहेको विवादका कारण कंगनामाथि ज्यानको खतरा रहेको भारतको केन्द्रीय गृह मन्त्रालयले ठहर गरेको छ। कंगना ९ सेप्टेम्बरमा मुम्बइ जाँदैछिन् । शिवसेना कार्यकताृहरुको प्रदर्शनपछि त्यहाँ उनीमाथि सम्भावित खतरालाई मध्यनजर गर्दै भारतको केन्द्र सरकारले उनलाई ‘वाइ’ तहको सुरक्षा उपलब्ध गराएको छ ।

अब कंगना मुम्बइ विमानस्थलमा उत्रिँदा उनको साथमा ११ जना सुरक्षाकर्मी हुनेछन् । गृह मन्त्रालयले दिने वाइ तहको सुरक्षामा ११ जना सुरक्षाकर्मी हुन्छन् जसमध्ये १ वा २ कमाण्डो र २ पिएसओ ९पर्सनल सेक्युरिटी अफिसर० हुन्छन् । अन्य पुलिसकर्मी हुन्छन् । भारतमा सुरक्षा संवेदनशीलताको हिसाबले दिइने सुरक्षाको वर्ग एक्स, वाइ, जेड र जेड प्लस गरी वर्गीकरण गरिएको छ ।

एक्स वर्गमा २ पुलिसकर्मी हुन्छन् । वाइ तहमा कमाण्डोसमेत ११ जवान हुन्छन् । जेड तहमा २२ जवान हुन्छन् जसमा एनएसजी कमाण्डो पनि हुन्छन् । जेड प्लस सुरक्षामा एनएसजी कमाण्डोसमेत ३६ जना सुरक्षाकर्मी हुन्छन् । यी सबैभन्दा माथि पनि एउटा सुरक्षा व्यवस्था छ जसलाई एसपीजी तहको सुरक्षा भनिन्छ । यो सुरक्षा भने प्रधानमन्त्रीलाई मात्र दिइन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.