बलिउड अभिनेत्री कंगना रनोट संकटमा, सरकारले नै दियो कार्यालय भवन भत्काइदिने धम्की
मुम्बइ। बलिउड अभिनेत्री कंगना रनोट ठूलो संकटमा घेरिएकी छिन् । उनको मुम्बइस्थित कार्यालय भवनमा बाम्बे म्युनिसिपल कर्पोरेसन (बीएमसी)ले छापा मारेको छ । बीएमसीले कंगनालाई नोटिस दिँदै उनको कार्यालय भवन भत्काइदिने धम्की दिएको छ । बीएमसीले कंगनाको कार्यालय भवन अवैध तरिकाले बनाएको भनेको छ । बीएमसीले कार्यालयबाहिर सूचना टाँसेर गएको छ ।
They have forcefully taken over my office measuring everything, also harassing my neighbors when they retorted @mybmc officials used language like ,” वो जो मैडम है उसकी करतूत का परिणाम सबको भरना होगा” I am informed tomorrow they are demolishing my property ? pic.twitter.com/efUOGJDve1
— Kangana Ranaut (@KanganaTeam) September 7, 2020
स्मरणीय छ बाम्बे म्युनिसिपल कर्पोरेशन महाराष्ट्र सरकार मातहतको निकाय हो । महाराष्ट्रमा अहिले शिवसेना पार्टीको नेतृत्वमा सरकार छ र शिवसेनाका उद्धव ठाकरे मुख्यमन्त्री छन् । केही समयदेखि सुशान्त सिंह राजपुतको मृत्युको विषयमा शिवसेना र कंगनाबीच विवाद बढिरहेको छ । कंगनाविरुद्ध शिवसेनाका कार्यकर्ताले प्रदर्शन नै गर्न थालेपछि उनलाई मुम्बइ आउने क्रममा केन्द्र सरकारले वाइ स्तरको सुरक्षा दिएको छ । अहिले कंगनाको सुरक्षाको लागि कमाण्डोसहित ११ जना सुरक्षाकर्मी परिचालित छन् । अहिले बीएमसीले गरेको कारवाही त्यसैको प्रतिशोध हुन सक्ने समेत मानिएको छ ।
बीएमसीले दिएको नोटिसमा कंगनाको कार्यालयमा अवैध तरिकाले पार्टिसन गरिएको र सरकारी मापदण्डअनुसार नबनाइएको आरोप लगाइएको छ । अब कंगनाले २४ घण्टाभित्र कार्यालय भवनको निर्माण र मर्मतका सबै कागजात बीएमसी कार्यालयमा पेश गर्नुपर्नेछ । बीएमसीले आफ्नो कार्यालय भवन भत्काउने चेतावनी दिएको कंगनाले बताएकी छिन् ।







डिसी नेपाल








Facebook Comment