नदीजन्य पदार्थको उत्खनन् तथा संकलन गर्ने १० सवारीसाधन कारवाहीमा

डिसी नेपाल
२३ भदौ २०७७ १९:३५

नुवाकोट । नदी उत्खनन् तथा संकलन गर्न लगाइएको रोकथाम उल्लंघन गर्नेलाई कारवाही गरिएको छ। जिल्लामा असार १ देखि भाद्र मसान्तसम्म नदीजन्य पदार्थको उत्खनन् तथा संकलन गर्न रोक लगाएकोमा उक्त नियम उल्लंघन गर्ने ७ टिपर र ३ आईचरलाई नुवाकोट प्रहरीले कारवाही गरेका हो।

जिल्ला प्रहरी प्रमुख तुलबहादुर कार्कीका अनुसार तीन महिनासम्म नदीजन्य पदार्थको उत्खनन् तथा संकलन गर्न प्रतिबन्ध लगाईएकोमा उक्त निर्णयको अवज्ञा गर्दै नदीजन्य पदार्थ संकलन तथा ओसारपसार गर्ने १० सवारीसाधनहरुलाई जिल्ला समन्वय समितिमा बुझाईएको छ ।

ती सवारीसाधनहरुलाई बेलकोटगढी नगरपालिका–७ मकैघारीस्थित त्रिशुली नदीको किनारमा अवैध रुपमा उत्खनन् गरिएको बालुवा लोड गरिरहेको अवस्थामा फेला पारेको र आवश्यक कारवाहीको प्रक्रिया अघि बढाईएको उनले बताए ।

जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय नुवाकोटले गत असार १० गतेदेखि अवैध रूपमा गिट्टी बालुवा उत्खननमा रोक लगाएको थियो ।

गत जेष्ठ २८ मा बसेको बैठकबाट १२ वटै स्थानीय तहगत पर्ने नदीहरुमा कसैले हाते औजार र मेसिन प्रयोग गर्न पूर्ण रुपमा रोक लगाएको थियो भने सबै स्थानीय तहहरुले प्रत्येक ३÷३ महिनामा समन्वय समितिमा अनुगमन र प्रतिवेदन बुझाउने निर्णय गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.