समिक्षा र बिक्रमको गीतमा गौरव र आशा (भिडियो)

डिसी नेपाल
२४ भदौ २०७७ १२:२४

काठमाण्डौ। ‘घाम जस्तो चम्किलो जुन हुँदैन’, ‘यत्ती जान्न मन छ’, ‘घामले नि पोल्दियो’, ‘भुमरीमा परेँ भने म’ लगायतका गीतका रचनाकार तथा संगीतकार शिव सुवेदीको शब्द र संगीत रहेको नयाँ लोक गीतको भिडियो रिलीज भएको छ ।

‘बाँचेको छु धन्न’ बोलको यस गीतमा चर्चित गायिका समिक्षा अधिकारी र गायक बिक्रम परियारको स्वर रहेको छ । गीतको भिडियोमा अभिनेता गौरव पहारी र मोडल आशा खड्काको जीवन्त अभिनय रहेको छ । देवेन्द्र बब्लुले निर्देशन गरेको भिडियोमा एक सडक दुर्घटना पछि छुटेको प्रेम जोडीको कथा देखाइएको छ ।

प्रेमीकाको यथार्थ नदेखेका प्रेमीको शंका र अचानक भएको भेटपछिको अवस्थालाई बब्लुले सुन्दर तवरले भिडियोमा उतारेका छन् । भिडियोका छायाँकार अनिल कृष्ण मानन्धर हुन् भने सम्पादन प्रविण भट्टले गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *