अबैध बाटो प्रयोग गरी भारत हिँडेका ५४ को उद्दार, दुई जना प्रहरी नियन्त्रणमा

डिसी नेपाल
३० भदौ २०७७ १७:५३

बाँके । बाँकेको खडैचाबाट हिजो मध्यराति भारत जान खोज्न ५४ जनालाई प्रहरीले उद्दार गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले अबैध बाटो प्रयोग गरी भारत प्रवेश गर्न खोज्ने पाँच महिलासहित ५४ जनालाई जिल्लाको डुडुवा गाउँपालिकाको खडैचाबाट उद्दार गरेको हो ।

भारतको हिमाञ्चल प्रदेशमा रोजगारी गर्न जान लागेको बताउने उनीहरु ठेकेदारलाई भारत पठाएवापत प्रतिव्यक्ति रु छ हजार भारतीय रुपैयाँसमेत दिनुपर्ने शर्तमा अबैध नाका प्रयोग गरेर जान लागेकाले उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख ओमबहादुर रानाले जानकारी दिए । “रुकुम, रोल्पा, बाँके, दाङ्ग, बर्दियालगायतका जिल्लाका उनीहरु कामका लागि भारत जान लागेको अवस्थामा उद्दार गरिएको हो”, उनले भने ।

अबैध बाटोबाट सोझा नागरिकलाई भारत लैजाने दुई जनालाई समेत नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान शुरु गरेको छ । बाँके प्रहरीले नियन्त्रणमा लिएका दुईमध्ये अमर गन्धर्व गाडी चालक भएको र सेराज अहमद राई नेपालगन्जबाट अबैध बाटो हुँदै भारत प्रवेश गराउने कार्यमा संलग्न रहेको बाँके प्रहरी प्रमुख रानाले बताए । कोभिड–१९ को महामारीको कारण सीमा बन्द भएका कारण उनीहरुलाई अवैध वाटो प्रयोग गरी भारत लैजान लागिएको प्रहरीको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.