नेपाली फुटबलर राजेश भारतीय क्लबमा अनुबन्धित

डिसी नेपाल
३१ भदौ २०७७ १४:३४

काठमाडौं । नेपाली यू–२३ फुटबल टोलीका तथा १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले स्वर्ण पदक जित्दा टोलीका प्रमुख सदस्य रहेका फरवार्ड राजेश परियार भारतीय क्लबमा अनुबन्धित  भएका छन । राजेशले बुधवार सामाजिक संजाल फेसबुक मार्फत आफु भारतीय क्लब एआरए एफसी अहमदाबादमा अनुबन्धित भएको जनाएका छन ।

उनी आगामी आईलीग दोस्रो डिभिजनका लागि क्लबमा आवद्व भएको जनाएका छन । लिगका लागि उनी १७ सेप्टेम्बरमा भारत जाने कार्यक्रम रहेको छ । एन्फा एकेडेमीका उत्पादन रहेका राजेशले गत सिजनमा न्यूरोड टिम (एनआरटि) बाट ‘ए’ डिभिजन लिग खेलेका थिए ।

https://www.facebook.com/permalink.php?story_fbid=3186069698126342&id=834413679958634

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.