नेपाली फुटबलर राजेश भारतीय क्लबमा अनुबन्धित
काठमाडौं । नेपाली यू–२३ फुटबल टोलीका तथा १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले स्वर्ण पदक जित्दा टोलीका प्रमुख सदस्य रहेका फरवार्ड राजेश परियार भारतीय क्लबमा अनुबन्धित भएका छन । राजेशले बुधवार सामाजिक संजाल फेसबुक मार्फत आफु भारतीय क्लब एआरए एफसी अहमदाबादमा अनुबन्धित भएको जनाएका छन ।
उनी आगामी आईलीग दोस्रो डिभिजनका लागि क्लबमा आवद्व भएको जनाएका छन । लिगका लागि उनी १७ सेप्टेम्बरमा भारत जाने कार्यक्रम रहेको छ । एन्फा एकेडेमीका उत्पादन रहेका राजेशले गत सिजनमा न्यूरोड टिम (एनआरटि) बाट ‘ए’ डिभिजन लिग खेलेका थिए ।
Hello my wellwishersI have officially signed ARA FC Ahmedabad⚽️⚽️ for upcomming I LEAGUE 2nd division and i will be…
Posted by Rajesh pariyar on Tuesday, September 15, 2020
Facebook Comment