नागार्जुन नगरपालिकाका प्रमुख बस्नेत कोरोनामुक्त

डिसी नेपाल
३१ भदौ २०७७ १८:४३

नागार्जुन । नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत कोरोनामुक्त भएका छन् । नगर प्रमुख बस्नेत कोभिड–१९ बाट सङ्क्रमित भएपछि ह्याम्स अस्पतालमा भर्ना भएका थिए ।

आइसोलेसनमा बसेका उनि कोरोनामुक्त भएपछि आज अस्पतालबाट घर फर्किएको उपप्रमुख सुशीला अधिकारीले जानकारी दिइन् । आगामी असोज ४ गतेदेखि उनि कार्यालयको काममा समेत फर्किने नगरपालिकाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.