ड्रग्स केसः हिरोइनपछि अब बलिउडमा सुपरस्टार हिरोहरुलाई निशाना बनाउँदै एनसीबी

डिसी नेपाल
१३ असोज २०७७ १४:००
4
Shares

मुम्बइ। बलिउडसँग ड्रग्सको सम्बन्धबारे जाँचमा नारकोटिक्स कन्ट्रोल बोर्डको दायरा लगातार बढिरहेको छ । अहिलेसम्म दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपूर, रकुल प्रित सिंह, रिया चक्रवर्ती विरुद्ध एनसीबीले जाँच अगाडि बढाएको छ । यी सबैलाई एनसीबीले उक चरणको सोधपुछ गरिसकेको छ । हिरोइनहरुपछि अब एनसीबीले बलिउडका नामी ए लिस्टर अभिनेताहरुलाई निशाना बनाउने तयारीमा छन् ।

एनसीबी सूत्रका अनुसार बलिउड अभिनेत्रीपछि एनसीबीको रडारमा बलिउडका ए लिस्टर नामी र ठूला अभिनेताहरु छन् । ड्रग्स केसमा बलिउडका महिला कलाकार घेरिएपछि अब पुरुष कलाकारहरुको नम्बर छिटै आउन सक्छ । एनसीबीले यस विषयमा इनपुट र प्रमाण हमत पार्नासाथ ती सबै अभिनेताहरुमाथि एक्सन लिइनेछ ।

एनसीबीले अहिले इनपुट जुटाउने काम गरिरहेको छ । यस क्रममा एनसीबीले दीपिका पादुकोणको मोवाइलबाट डिलिट गरिएको डाटा ‘रिट्रिभ’ गर्नेछ । दीपिकाको फोनबाट एनसीबीले कैयौंको नाम सार्जजनिक हुने अपेक्षा गरेको छ । एनसीबीले सोधपछपछि दीपिका, सारा, श्रद्धाको फोन जफत गरेको थियो ।

ड्रग्स केसमा एनसीबीले ड्रग डिलरहरुको माध्यमबाट बलिउडका ठूला नामहरुमाथि कारवाही अगाडि बढाउने प्रयास गरिरहेको छ । सबै प्रमाण जम्मा गरेपछि मात्रै ठूला अभिनेताहरुमाथि कारवाह िगर्ने एनसीबीको रणनीति छ । प्रमाण जुटाइसकेर मात्रै उनीहरुलाई सोधपुछको लागि बोलाउने रणनीतिमा एनसीबी छ । अब बलिउडका कुन–कुन ठूला कलाकार यो केसमा मुछिने हुन् भन्ने हेर्न भने बाँकी नै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.