एयरले यात्रुहरुलाई वार्षिक करिब १६ करोड रुपैयाँको छुट प्याकेज दिन्छ : वस्नेत
काठमाडौं । बुद्ध एयरले आफ्ना यात्रुका लागि नयाँ माइलेस सुविधा घोषणा गरेको छ।
सोमबार पत्रकार सम्मेलन गर्दै अब बुद्ध एयरका सबै उडानका यात्रुले टिकट खरिद गर्दा माइलेस अंक पाउने व्यवस्था लागू गरिएको जानकारी दिएको हो।
संस्थापक वीरेन्द्रबहादुर बस्नेतले कुनै यात्रुले नौं सय माइल बराबरको टिकट लिन्छन् र उनीहरुसँग पाँच माइल बाँकी छ भने त्यो माइल प्रयोग गरी अर्को टिकट खरिद गर्दा तुरुन्तै पाँच सय माइल बराबरको छुट पाउन जानकारी दिए।
उनले आइतबारदेखि टिकट काट्ने र फ्रिक्वेण्ट प्लायरमा जो पहिलो पटक आवद्ध हुन्छन् उनीहरुले १०० पोइन्ट बोनस पाउने बताए।
उनले वार्षिक करिब १६ करोड रुपैयाँ बराबरको छुट यात्रुहरूलाई उपलब्ध गराएको बताए । क्यास डिस्काउनको पनि प्रक्रियामा रहेको उनले बताए।
उनले १ लाख ८५ हजार रोयल क्लब सदस्य रहेको उल्लेख गरे । बुद्ध एयरसँग रोयल क्लब मेम्बर आत्मिय सम्बन्ध रहेको उनले उल्लेख गरे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment