कोरोनाबाट युवतीको मृत्यु

डिसी नेपाल
१६ असोज २०७७ २०:१०

नेपालगन्ज । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित युवतीको मृत्यु भएको छ । अस्पतालको कोरोना विशेष वार्डमा उपचार गराइरहेकी नेपालगन्ज वडा नं ९ बाँकेगाउँकी २५ वर्षीया युवतीको आज मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनीले गत भदौ २९ गते कोरोना परीक्षणका लागि स्वाव दिएकी थिइन् । भदौ ३० गते उनीको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसैदिन उनीलाई भेरी अस्पताल भर्ना गरिएको थियो । रेमडिसिभिर र प्लाज्मा थेरापी विधिबाट उपचार गर्दा समेत उनीलाई बचाउन नसकिएको जिल्ला कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए । योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १९ जना पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.