भरतपुर महानगरपालिका अगाडि धर्ना बस्ने चेतावनी

डिसी नेपाल
२३ मंसिर २०८२ ७:२१
32
Shares

चितवन। नारायणी नदी किनारमा महोत्सव आयोजना गरेर उत्पादन भएको फोहोर व्यवस्थापनको खर्च कम गर्न फोहोर जम्मा गरी ३ रात निरन्तर ठाउँ ठाउँमा फोहोर जलाउने दोषीलाई कारबाही गर्न महानगरपालिकालाई उजुरी दिएको १६ औं दिन वितिसक्दा पनि आलटाल गरेको भन्दै पर्यावरण अभियन्ता सागर कार्कीले मेयर रेणू दाहालको कार्यकक्ष अघि धर्ना दिने चेतावनी दिएका छन्।

महोत्सव आयोजकले जथाभावी फोहोर जलाउने र नदि किनारमा थुपारेको स-प्रमाण भिडियो र फोटो सहितको उजुरी दिँदा समेत आयोजकलाई कारबाही नगरेको गुनासो व्यक्त गरेका हुन्।

नारायणी नदी किनारमा महोत्सव गर्ने अनुमति लिने आयोजकले महोत्सवका अधिकांस जिम्मा ठेक्कामा लगाएको र फोहोर व्यवस्थापनको जिम्मा थर्ड पार्टीलाई दिने भनेर महानगरलाई जानकारी नगराएको तर आयोजकहरुलाई कामकारबाहीको माग गर्दा राजनीतिक पार्टी सम्बन्ध व्यक्तिहरू र पहुँचवालाहरु भएकाले उनीहरूलाई कामकारबाहीमा ल्याउन नसकेको अभियन्ताहरुले आसंका गरेका छन्।

उनी भन्छन्,- जुन नीतिले सर्वसाधारणलाई जथाभावी फोहोर गर्दा कारबाही हुन्छ त्यही नीतिले महोत्सव आयोजकलाई कारबाही गर्न किन अफ्ठेरो?

नदीमाथिको यस्तो दोहन र आपराधिक गतिविधिलाई तत्काल नरोके र दोषीलाई कारबाही नगरी प्रोत्साहन गर्न खोजिन्छ भने महानगरपालिका अगाडि पर्यावरणको निम्ति आवाज बनेर मुद्धाको सम्बोधन नभइन्जेल धर्ना दिने घोषणा गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *