उपत्यकामा थपिए १५३१ संक्रमित, ३ वर्षीय बालकसहित १२ जनाको मृत्यु

डिसी नेपाल
१९ असोज २०७७ १६:३५
100
Shares

काठमाडौं । सोमबार उपत्यकामा १५३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकाका तीन जिल्लामा ६४७ महिला तथा ८८४ पुरुष गरी थप १५३१ जनामा कोरोना देखिएको हो।

आज काठमाडौंमा ११७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ जना नयाँ संक्रमित थपिएका छन्। यस्तै आज उपत्यकामा १२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३ वर्षीय बालक सहित ८३ वर्षीया वृद्धा रहेका छन्। आज काठमाडौंमा ६ पुरुष र ३ महिला गरी ९ जनाका तथा ललितपुरमा बालक सहित ३ जनाको मृत्यु भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.