रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई महिला वैज्ञानिकलाई प्रदान

डिसी नेपाल
२१ असोज २०७७ १९:२२
56
Shares

स्टकहोम । सन् २०२० को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई महिला वैज्ञानिकलाई प्रदान गर्ने निर्णय भएको छ ।रोयल स्वीडीस् एकेडेमी साइन्सले बुधबार सो निर्णय गरेको हो ।

उक्त पुरस्कार जर्मनीको म्याक्स प्लान्ट युनिटसहित इमानुयल चारपेन्टियरलाई जीवाणु विज्ञानको अध्ययनसम्बन्धी अनुसन्धानलाई र क्यालिफोर्निया विश्वविद्यालयका जेनिफर ए डउन्डालाई प्राणी जगतको डिएनए (जेनोम एडिटिङ) मा परिवर्तन गर्न सकिने विधिहरुको विकाससम्बन्धी अनुसन्धानका लागि दिइएको छ ।

सो पुरस्कार यी दुई वैज्ञानिकलाई संयुक्त रुपमा दिइने भएको रोयल स्वीडीस् एकेडेमी साइन्सले बुधबार जनाएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.