कांग्रेस अहिले जटिल र चुनौतीपूर्ण अवस्थामा पुगेको छ : डा.महत

डिसी नेपाल
१२ चैत २०८२ १३:०७
56
Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.प्रकाश शरण महतले पार्टी अहिले जटिल र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन्।

बिहीबार एक भिडियोमार्फत नेता डा.महतले नेपाली कांग्रेस चुनौतीपूर्ण अवस्थामा रहेकाले राजनीतिक चुनौतीलाई मध्य नजर गरेर समग्र पार्टीपंङ्ती एकीकृत हुन आग्रह समेत गरेका हुन्।

उनले भने, ‘अहिले नेपाली कांग्रेस पार्टी जटिल र चुनौतीपूर्ण अवस्थामा छ। कांग्रेसले ३८ सिट मात्र ल्याएको छ। यो अहिलेसम्मकै अत्यन्तै न्यून सङ्ख्या हो। राजनीति चुनौतीलाई मध्य नजर गरेर समग्र पार्टीपंङ्ती एकीकृत हुन जरुरी छ।’

जबसम्म पार्टीमा मानसिक र भौतिक रूपमा एकीकृत सकिँदैन तबसम्म पार्टी बलियो हुन नसक्ने उनको भनाइ थियो। उनले नयाँ नेत्युत्व नभई आम निर्वाचनमा जान सकिँदैन भन्ने कुरालाई जबरजस्ती पार्टीको एक पक्षका साथीहरू अगाडि सारेका समेत आरोप लगाए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *