काठमाडौंका ९१ जना कोरोना सङ्क्रमित सम्पर्कविहीन
काठमाडौं। काठमाडौं महानगरपालिकामा ९१ जना कोरोना सङ्क्रमित सम्पर्कविहीन भएपछि त्यसले तनाव बढाएको छ । कोरोना सङ्क्रमित भएकाको सम्पर्कमा आएकाहरूलाई ट्रेसिङ गरी क्वारेन्टाइनमा राखी भाइरसको बाटो बन्द (चेन बे्रक) गर्नुुपर्नेमा सङ्क्रमित नै सम्पर्कमा नआएपछि तनाव बढेको हो।
काठमाडौँ महानगरपालिकाका अनुसार पीसीआर परीक्षण गराउने क्रममा गलत सम्पर्क नम्बर र ठेगाना टिपाएका ९१ जना सङ्क्रमित सम्पर्कविहीन भएका हुन् । ती व्यक्ति पीसीआरको पोजेटिभ रिपोर्ट खल्तीमा बोकी समुदायमै घुलमिल भइरहेको हुन सक्ने आशङ्का महानगरपालिकाले गरेको छ ।
“सम्पर्कविहीन भएका कतिपय व्यक्तिको दुई हप्ता समय सकिएकाले कोरोना अन्य व्यक्तिलाई सर्ने सम्भावना कम भएको हुनसक्छ,” काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख ज्ञानबहादुर ओलीले बताए । सोमबारसम्म कन्ट्याक ट्रेसिङ गरिएकामध्ये १३ दशमलव ७६ प्रतिशत पोजेटिभ केस भेटिएको छ । हालसम्म १६ हजार १८० जनाको कन्ट्याक ट्रेसिङ गरी पीसीआर गर्दा दुई हजार २२७ जनामा पीसीआर पोजेटिभ आएको केस भेटिएको काठमाडौँ महानगरले जनाएको छ ।
महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ)ले महानगरपालिका केन्द्रीय राजधानी भएकाले महानगरपालिका एक्लैले चाहेर मात्र कोरोना रोकथाम नहुने बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।







डिसी नेपाल








Facebook Comment