नियमित महाधिवेशनको दबाब बढाउन देउवा समूहका केन्द्रीय सदस्य शेखरको दैलोमा
काठमाडौं। निर्वाचनअघि नियमित महाधिवेशनको पक्षमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका २७ केन्द्रीय सदस्यले संस्थापन इतरका नेता डा. शेखर कोइरालालाई भेटेका छन्।
कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा आइतबार बिहान भेटेर उनीहरूले नियमित महाधिवेशनका लागि दबाब बढाउन थप सक्रिय हुन उनलाई आग्रह गरेका छन्।
कोइरालालाई भेट्न पुगेका केन्द्रीय सदस्य आंगेलु शेर्पाले नियमित महाधिवेशनका लागि सक्रियता बढाउन आग्रह गरिएको बताए । शेर्पाले भने, ‘साथीहरूले उहाँ (शेखर कोइराला)को क्रियाशीलता कम भएको विषयमा जिज्ञासा राख्नुभयो । तपाईँले नियमित महाधिवेशन पक्षमा कुरा अलि बलियो गरी नराखेको हो भनेर जिज्ञासा राख्नुभयो ।’
केन्द्रीय सदस्यहरूको जिज्ञासमा नेता कोइरालाले आफू नियमित महाधिवेशनको पक्षमा रहेको भन्दै त्यसका लागि थप सक्रिय हुने जानकारी गराएको शेर्पाले बताएका छन् । नेता कोइरालाले विशेष महाधिवेशन गर्नै पर्ने अवस्थामा हर सम्भव केन्द्रीय समितिबाट निर्णय गराएर आह्वान गर्नुपर्ने पक्षमा पनि आफू रहेको बताएका थिए ।
कोइरालाको भनाइ उद्धृत गर्दै शेर्पाले भने, ‘नियमित महाधिवेशन पुसभित्रै गर्नुपर्ने पक्षमा म छु । विशेष महाधिवेशनमा जानुपर्ने अवस्थामा केन्द्रीय समितिले निर्णय गरेर आह्वान गर्दा उपयुक्त हुन्छ ।’ कोइरालाले शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन का विषयमा किन निर्णय लिन सकेन भन्ने’bout आफू अनभिज्ञ रहेको बताएका थिए ।
भेटमा पार्टीका सहमहामन्त्री जीवन परियार, बद्री पाण्डे, नेताहरू डा. मिनेन्द्र रिजाल, सञ्जय गौतम, डा। गोविन्द पोखरेल, रामकृष्ण यादव लगायत सहभागी थिए । भेटमा सहभागी दुई महामन्त्री परियार र पाण्डेले पार्टीको निर्णय प्रक्रियाका ’boutमा आफूहरूलाई कम जानकारी हुने गरेको बताएको शेर्पाले बताए ।
सभापति देउवा पक्षका २७ केन्द्रीय सदस्यले निर्वाचन अघि महाधिवेशन गर्न नेताहरूको ध्यानाकर्षण गराउँदै आएका छन् । सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई उनीहरूले भेटिसकेका छन् । विशेष महाधिवेशन मागका लागि अगुवाइ गर्ने नेताहरूसँग सोमबार भेट्ने शेर्पाले जानकारी गराए । शेर्पाले भने, ‘हामी समन्वयकारी भूमिकासहित एउटा ठोस निष्कर्ष निकाल्ने प्रयासमा छौँ ।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment