राष्ट्रपतिका प्रतिस्पर्धीको भन्दा उपराष्ट्रपतिका प्रतिस्पर्धीको बहस गुणस्तरीय

डिसी नेपाल
२२ असोज २०७७ १९:४२
68
Shares

वासिङ्टन । अमेरिकामा आसन्न निर्वाचनलाई लक्षित गरेर आयोजना गरिएका बहस मध्ये राष्ट्रपतिका उम्मेदवारभन्दा उपराष्ट्रपतिका उम्मेदवारहरु बीचको बहस गुणस्तरीय देखिएको छ ।

अमेरिकी राष्ट्रपतिका उम्मेदवारद्धय डोनाल्ड ट्रम्प र जोए बाइडेनका बीचमा गत हप्ता बहस भएको थियो भने उपराष्ट्रपतिका उम्मेदवारद्धय माइक पेन्स र कमला ह्यारिसका बीचमा बिहीबार बहस भएको थियो ।

राष्ट्रपतिका प्रतिस्पर्धीद्धयको बहसमा उनिहरुले एक अर्कालाई आरोप लगाउने, गालीगलौज गर्ने, तर्क र तथ्याङ्क भन्दा बढी जिद्दी गरेका थिए । तर बिहीबारको उपराष्ट्रपतिका प्रतिस्पर्धीद्धयको बहसमा तुलनात्मक रुपमा भद्रता, शालिनता र तर्क तथा तथ्याङ्कहरुको प्रयोग बढी भएको पाइएको छ ।

दुई बहस हेर्दा राष्ट्रपतिका उम्मेदवारहरु भन्दा उपराष्ट्रपतिका उम्मेदवारहरुको बहस बढी गुणस्तरीय भएको दर्शकहरुको टिप्पणी छ ।अमेरिकामा उपराष्ट्रपतिको आगामी कार्यकालका लागि वर्तमान उपराष्ट्रपति पेन्सले रिपब्लीकनको तर्फबाट र ह्यारिसले डेमोक्र्याटिकको तर्फबाट प्रतिूपर्धा गर्न लागेका छन्। ह्यारिस अस्वेत महिला पहिलो उपराष्ट्रपतिको उम्मेदवार छन् । उनकी आमा भारतीयमुलकी हुन् ।

अमेरिकामा आगामी नोभेम्बर ३ तारिखका दिन राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.