न्युजिल्याण्ड दोस्रो पटक कोरोना संक्रमण मुक्त, निको हुनेको संख्या २ करोड ७५ लाख बढी

डिसी नेपाल
२३ असोज २०७७ ७:१७
100
Shares

काठमाडौं। न्युजिल्याण्ड एक पटक फेरि कोरोना संक्रमणबाट मुक्त भएको छ। न्युजिल्याण्डले कोरोना संक्रमणलाई नियन्त्रण गर्न सकेको यो दोस्रो पटक हो। कोरोना नियन्त्रण गर्न उपलब्धि हासिल गरेपछि देशभर खुशीयाली मनाइएको छ।

यसअघि बुभबार स्वास्थ्य अधिकारीले अकल्याण्डबाट लकडाउन हटाउने घोषणा गरेका थिए। अकल्याण्डमा अघिल्लो महिना नयाँ संक्रमित देखिएपछि लकडाउन घोषणा गरिएको थियो।

यसअघि न्युजिल्याण्डमा ६ नयाँ संक्रमित फेला परेका थिए। उनीहरु सबै निको भइसकेका छन्। न्युजिल्याण्डमा अहिलेसम्म १ हजार ८ सय ६४ जना कोरोना संक्रमित भएका छन्। त्यहाँ कोरोनाबाट हालसम्म २५ जनाको मृत्यु भएको छ।

यसैबीच विश्वभरमा कोरोना संक्रमितको संख्या ३ करोड ६६ लाख भन्दा धेरै पुगेको छ। कोरोना संक्रमण मुक्त हुनेको संख्या २ करोड ७५ लाख ७२ हजार ७२६ पुगेको छ। हालसम्म कोरोना संक्रमणबाट दश लाख ६० हजारको मृत्यु भएको छ।

पछिल्लो समय युरोपेली मुलुकमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएको छ। फ्रान्सपछि स्पेन र अहिले जर्मनीमा कोरोना संक्रमित बढिरहेका छन्। बर्लिनमा ७० वर्षपछि पहिलो पटक नाइट कफ्र्यु लगाइएको छ।

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले युरोपमा संक्रमणको दोस्रो लहर सुरु भएपछि चिन्ता जनाएको छ। संगठनले डब्ल्यूएचओले विज्ञान बाहेक अन्य कुनै उपाय अपनाउन आग्रह गरेको छ, जसले कोरोनालाई नियन्त्रण गर्न सकियोस।  ब्राजीलमा मंगलबार ४१ हजार ९०६ नयाँ संक्रमित थपिएका छन्। ११ सेप्टेम्बरपछि एकै दिनमा आएको यो सबैभन्दा धेरै संख्या हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.