ग्याङवारपछि बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा हजारौंको भागाभाग, ८ जनाको मृत्यु
काठमाडौं। दक्षिणी बंगलादेशमा रहेको रोहिंग्या शरणार्थी शिविरमा आपराधिक हतियारबन्द समूहहरुबीच भएको ग्याङवारले हजारौं शरणार्थीहरुलाई भाग्न विवश पारिदिएको छ । झडपमा कम्तीमा ८ जनाको मृत्यु भएको छ । पुलिस र मानव अधिकारकर्मीहरुले बिहीबार यसको जानकारी दिएका हुन् । अधिकारीहरुले गालीबारी, आगजनी र अपहरणका घटनाहरुपछि १२ जनालाई पक्राउ गरेका छन् ।
वर्चश्वको लडाइँका कारण यी दुई गुटबीच यो झडप भएको बताइएको छ । घटना भएको यो शिविर विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविर हो । समाचार एजेन्सी रोयटर्सका अनुसार कक्स बजार नजिकै शहरमा तैनाथ अतिरिक्त पुलिस अधीक्षक रफीकुल इस्लामले फोनमा त्यहाँ तनावपूर्ण स्थिति कायमै रहेको बताए । उनका अनुसार दुई गुटहरु वर्चश्वको लागि लडिरहेका छन् र उनहिरु मानव तस्करी र ड्रग्स तस्करीमा लिप्त हुन सक्ने समेत मानिएको छ । यो क्षेत्र ड्रग्सको तस्करीको लागि परिचित छ जो म्यानमारसँग जोडिएको छ ।
मानवअधिकार समूहहरुका अनुसार यस प्रकारका घटनामा २०१८ देखि अहिलेसम्म १०० भन्दा धेरै रोहिंग्या मारिइसकेका छन् । मानवअधिकार समूहले यो घटनापछाडि ‘एक्स्ट्रा ज्युडिसियल किलिङ’को पनि आरोप लगाएका छन् । तर पुलिसले भने ड्रग्स तस्करहरुसँग भएको क्रस फयरिङका क्रममा बीचमा आएका मानिसहरुको मृत्यु भएको बताएको छ । नाम उल्लेख नगरी तीन शरणार्थीहरुले रोयटर्सलाई बताएअनुसार यो गोलीकाण्डमा २ कुख्यात स्थानीय गुट संलग्न छन् । उनीहरु ड्रग्स तस्करी पनि गर्छन् । एउटा गुट मुन्ना ग्याङ र अर्को गुट अराकान रोहिंग्या साल्भेसन आर्मी हो । यीमध्ये एक सशस्त्र समूह शिविरमा छ ।







डिसी नेपाल








Facebook Comment