अमेरिकी राष्ट्रपतिको निर्वाचनः ५० हजार मतदाताको हातमा गलत मतपत्र

डिसी नेपाल
२४ असोज २०७७ १८:४१
176
Shares

काठमाडौं। अमेरिकाको राष्ट्रपतीय निर्वाचनका क्रममा त्यहाँको ओहायो राज्यमा ५० हजार मतदातालाई गलत मतपत्र पठाइएको खुलासा भएको छ । समाचार एजेन्सी एपीका अनुसार ओहायोको राजधानी कोलम्बसको एक काउन्टीमा करिब ५० हजार मतदातालाई गलत मतपत्र पठाइएको पाइएको हो । यी मतपत्र मतदान गर्नको लागि आधिकारिक मतदान केन्द्रमा जान नसक्ने वा कुनै कारणले जान नचाहनेहरुको लागि पठाइन्छ ।

निर्वाचन अधिकारीहरुले स्वयं यो जानकारी दिएका हुन् । घटना सार्वजनिक भएपछि अधिकारीहरुले आगामी ७२ घण्टाभित्र मतदाताहरुले सही मतपत्र पाउने बताएका छन् । अधिकारीहरुका अनुसार करिब २ लाख ४० हजार मतपत्र पठाइएका थिए । फ्रेंकलिन काउन्टीका चुनाव अधिकारीहरुका अनुसार यो गडबडी मतपत्र पठाउन प्रयोग गरिने मेसिनको सेटिङ परिवर्तन भएका कारण भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.