अमेरिकी राष्ट्रपति निर्वाचनमा ‘झिंगा’को लडाइँ !

डिसी नेपाल
२५ असोज २०७७ ८:५८
1.4k
Shares

काठमाडौं। सामान्यतया राजनीतिमा जुँगाको लडाइँ हुन्छ तर अमेरिकामा भने राष्ट्रपति निर्वाचनका क्रममा जुँगाको नभइ झिंगाको लडाइँ भइरहेको छ । राष्ट्रपति पदका डेमोक्रयाटिक उम्मेदवार जो बाइडेनको निर्वाचन अभियानमा अहिले झिंगाको प्रयोग भइरहेको छ । सीएनएनका अनुसार उपराष्ट्रपतीय बहसका क्रममा भएको एउटा घटनाको फाइदा उठाउँदै अहिले बाइडेनको निर्वाचन अभियानमा झिंगाको प्रयोग भइरहेको हो र यसरी झिंगाको प्रयोगले उनलाई फाइदा पनि हुन सक्ने संकेत देखिएको छ ।

बुधबार उपराष्ट्रपतीय बहस भएको थियो जसमा यो पदका उम्मेदवारहरु माइक पेन्स र कमला ह्यारिस सहभागी थिए । बहसका क्रममा एउटा झिंगा उपराष्ट्रपति माइक पेन्सको टाउकोमा बसेको थियो । त्यो झिंगा केही समयसम्म पेन्सको टाउकोमै बस्यो र लाइभ बहस हेरिरहेकाहरुले यो झिंगा राम्रैसँग ख्याल गरे । यससँगै इन्टरनेटमा यो झिंगाबारे चर्चा हुन थाल्यो । यही चर्चाको फाइदा उठाउँदै जो बाइडेनले चुनावी अभियानमा झिंगालाई समेत सहभागी गराए ।

बहस सकिएको केही समयमै बाइडेनको चुनावी अभियानले एउटा फोटो ट्वीट गर्यो जसमा बाइडेनले हातमा झिंगा मार्ने यन्त्र लिएका थिए र यसको क्यापसनमा ‘झिंगा अभियानलाई सहयोग गर्न ५ डलरसहित सहभागी हुनुहोस्’ लेखिएको थियो । २ घण्टापछि बाइडेनको चुनावी अभियानको वेबसाइटमा १० डलरमा झिंगा मार्ने यन्त्र बिक्रीमा थिए । त्यसको केही घण्टापछि अभियानका प्रवक्ताले ३५ हजार झिंगा मार्ने यन्त्र बिक्री भइसकेको जानकारी दिए ।

‘हामीले इन्टरनेट प्रयोगकर्ता र हाम्रा समर्थकहरुले बहसका क्रममा भएको एउटा भाइरल घटना शेयर गरिरहेको देख्यौं त्यसपछि हाम्रो डिजिटल टिमले त्यो झिंगाको उपयोग गर्नेबारे तयारी थाल्यो’ बाइडेनको अभियानका व्यापारिक निर्देशक जाच म्याकनामराले भने । व्यापारीहरुले पनि बाइडेन र ह्यारिसको लोगोको छेउमा ‘फ्लाइ विल भोट’ र ‘ट्रुथ ओभर फ्लाइज’ लेखिएका टिसर्टहरु पनि बिक्री गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.